सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • गोरखनाथ युबा क्लबको कम्बल वितरण कार्यक्रम सम्पन्न

गोरखनाथ युबा क्लबको कम्बल वितरण कार्यक्रम सम्पन्न

6320
Shares
गोरखनाथ युबा क्लबको कम्बल वितरण कार्यक्रम सम्पन्न

सनम सुवाल / काभ्रे, ८ पुस : गोरखनाथ युबा क्लबले आफ्नो स्थानपना दिबसको अबसरमा “जाडोको समयमा न्यानो बाड्ने हाम्रो प्रयास ” भन्ने मुल नाराका साथ बुढाबुढी आमाबुबालाई न्यानो माया प्रदान गर्नको लागि कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवी तुइकाजी ताम्राकारले आफ्नो परिवार असल बनाउन हर मानिसले प्रयास गरेको हुन्छ। तर प्रयास गर्दागर्दै हाम्रो आफ्नो सन्तानले बेबास्ता गर्दा सारै मन दुख्छ । तर असल समाज निर्माण गर्नु आजको आबश्यकता छ भन्ने बिचार ब्यक्त गरेका छन् ।

समाजमा भएको कुसंगति र बिकृतिलाई हताउनको लागि पहल गर्न नयाँ रुप दिने काम गोरखनाथ युबा क्लबले गरेको छ । आगमी दिनमा हुने हरेक कार्यक्रममा आफु र आफनो संस्थाबाट सकेको सहयोग गर्न प्रतिबद्धता समाजसेबी जगनाथ गिरिले बताएका छ्न । आफ्नो गाउँ आफ्नो ठाउ चिनाउन सक्नुपर्छ । कम्बलको रुपमा माया बादनु भएको छ ।
यो धर्ति यो माटोमा सबैको बाच्ने अधिकार छ । कसैले पनि बलको घमण्ड गरेर बुढाबुढीआमाबुबालाई बेबास्ता नै उसको जिबनको असफलतालाई निम्त्याउनु हो भने बिचार कार्यक्रमका प्रमुख अतिथी गायक एबं नायक यस कुमारले राखेका छन् । कार्यक्रम बिसर्जन भने क्लबका अध्यक्ष एबम कार्यक्रमको सभापति सुदिन न्यौपानेले गरेका थिए ।

6320
Shares

ट्रेन्डिङ