सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • बनेपा डुबान निराकरण गर्न नव निर्वाचित नगर प्रमुख शाक्यले सुरु गरे काम

बनेपा डुबान निराकरण गर्न नव निर्वाचित नगर प्रमुख शाक्यले सुरु गरे काम

20510
Shares
बनेपा डुबान निराकरण गर्न नव निर्वाचित नगर प्रमुख शाक्यले सुरु गरे काम

काभ्रे : बनेपाका नव निर्वाचित नगर प्रमुख शान्ति रत्न शाक्यले सपथ ग्रहणमा बोले अनुरुप आजै बाट पुन्यमाता खोला व्यवस्थापन र डुबान निराकरण गर्नका लागि आफ्नो काम थालनी गर्नु भएको छ।

आज नगरप्रमुख शाक्य, उपप्रमुख बिमला सापकोटा ,वडा नम्बर ७का वडा अध्यक्ष हिटलर शाक्य, वडा नम्बर ८ कि वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर ,सदस्य युगेश्वोर कायस्थ संगै नगरपालिकाका केहि कर्मचारी संगै पुलबजार,धन्यश्वर आसपासका ठाउँमा पुगेर त्याको हालको अवस्थाका बारेमा निरीक्षण गर्नु भएको थियो।

उहाँले स्थानीयहरु संग पनि छलफल गर्नु भएको थियो।आजको निरीक्षण पछि के कसरी कामलाई अगाडी बढाउने भन्ने बिषयमा प्राविधिक सहितको टोलि सित छलफल गरि काम अगाडी बढाउने शाक्यले बताउनु भयो।

 

20510
Shares

ट्रेन्डिङ