सबैको समाचार
बुधबार, चैत्र १२, २०८१
  • होमपेज
  • ‘सिएनएन सुपर हिरो’ को उपाधि पुष्पा बस्नेतलाई

‘सिएनएन सुपर हिरो’ को उपाधि पुष्पा बस्नेतलाई

4855
Shares
‘सिएनएन सुपर हिरो’ को उपाधि पुष्पा बस्नेतलाई

इश्वर काफ्ले । मंसिर २७
नेपालकी पुष्पा बस्नेत ‘सीएनएन सुपर हिरो’ अवार्ड जितेकी छिन्। अमेरिकी टेलिभिजन सीएनएनले ‘सीएनएन हिरो अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सोमबार बिहान सुपर हिरो अवार्ड प्रदान गरेको हो।
सन् २००२ मा सिएनएन हिरो अवार्ड जितेकी पुष्पाले यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सीएनएन सुपर हिरो छानिएकी हुन् ।
उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा, सन् २०१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पार्दै अवार्ड हात पारेकी हुन् । उनले पुरस्कार स्वरूप ५० हजार डलर पाउने सिएनएनले जनाएको छ ।
cnn_puspa
त्यस्तै अमेरिकी टेलिभजन सिएनएनले हरेक बर्ष प्रदान गर्ने सिएनएन हिरो २०१६ को उपाधि कोलम्बियाका जेसन अरीस्टिजाबालले जितेका छन् । ३३ बर्षिय जेसन अपांग छन् ।
उनले अपांगहरुलाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको कामको कदर गर्दै सो अवार्ड दिइएको सिएनएनले जनाएको छ । जेसनले यस अवार्डका साथै एक लाख अमेरिकी डलर पुरस्कार स्वरूप पाएका छन् ।

4855
Shares

ट्रेन्डिङ