सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

भारतको बिजुली कहिलेसम्म ?

2860
Shares
भारतको बिजुली कहिलेसम्म ?

काठमाडौँ, पुस १३ । नेपाल विद्युत प्राधिकरणले चैतसम्मका लागि भारतबाट १६० मेगावाट परिमाणमै बिजुली ल्याइराख्ने सम्झौता गरेको छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन हुँदै आउने बिजुलीको विद्युत खरिद सम्झौता बुधबार नविकरण गरेको हो । प्राधिकरण्ढाका कार्यकारी निर्देशक कुलमान घिसिङ यसका लागि भारतको राजधानी नयाँ दिल्ली गएका हुन् ।
सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय नोडल एजेन्सी विद्युत व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका हुन् ।प्राधिकरणले स्वदेशी उत्पादनले धान्ने अवस्था नभएसम्म भारतबाट आवश्यक परिमाणमा विजुली ल्याउने योजना बनाएको छ ।
-कारोबार

2860
Shares

ट्रेन्डिङ