सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको पाँचखालसम्म पुग्छ काठमाडौंको प्रदूषित हावा

काभ्रेको पाँचखालसम्म पुग्छ काठमाडौंको प्रदूषित हावा

4880
Shares
काभ्रेको पाँचखालसम्म पुग्छ काठमाडौंको प्रदूषित हावा

काठमाडौं, पुस १५: ‘काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट वेगले हावा चल्ष्टछ, त्यहाँको वायु प्रदूषण पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषणबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरेभन्दा धेरै नै प्रदूषित हुन्छ ।’ सन् २०१७ जुलाईदेखि भइरहेको घरभित्र र बाहिरको वायु प्रदूषणको अवस्था अध्ययन-अनुसन्धाामा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका जनस्वास्थ्य प्राध्यापक डा. आमोरदकुमार पोखरेलले भने, ‘राजधानी सहर काठमाडौंको प्रदूषित हावा सजिलै पाँचखाल पुगिरहेको छ ।’
काभ्रेको पाँचखाल र मण्डन देउपुर नगरपालिकाका सात सय २७ घरको बाहिर र भित्रको वायु प्रदूषणसम्बन्धी अनुसन्धान गरिरहेका पोखरेलले अमेरिकाबाट ‘स्काइप’मा भने, ‘प्रतिसेकेण्ड ४ देखि ६ मिटरका दरले पश्चिमबाट हावा चल्दा त्यहाँको वायुमा २ दशमलव ५ माइक्रोग्रामभन्दा साना धुलोको कणको मात्रा कल्पना गरेभन्दा धेरै गुना बढी पाइयो । पोखरेलका अनुसार गत सेप्टेम्बर ११ देखि अक्टुबर ११ बीचको तथ्यांक विश्लेषण गर्दा यस्तो निष्कर्ष आएको हो । पश्चिमबाट चल्ने हावाले राजधानीको प्रदूषित वायु पाँचखालसम्मै पुगेको अध्ययनले देखाएको छ ।
-नागारिक दैनिक

4880
Shares

ट्रेन्डिङ