सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • महानगरका यी सात वटा वडामा सवारी चलाउँदै हुनुहुन्छ भने होसियार

महानगरका यी सात वटा वडामा सवारी चलाउँदै हुनुहुन्छ भने होसियार

4720
Shares
महानगरका यी सात वटा वडामा सवारी चलाउँदै हुनुहुन्छ भने होसियार

काठमाडौं । उपत्यकाको भित्री शहरमा रहेका धार्मिक तथा पर्यटकीय महत्वका क्षेत्रमा माघ २ गतेबाट सवारी आवगमनमा रोक लगाइने भएको छ ।काठमाडौं महानगरपालिका र महानगरिय ट्राफिक प्रहरी महाशाखाले वडा नम्बर १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री सहरमा सवारी आवमगनको रुट व्यवस्थापन गर्ने भएको छ ।

 

यी वटाहरुमा इन्द्रचोक, बसन्तपुर, नरदेवी, क्षेत्रपाटी, भेडासिंङ लगायतका क्षेत्र रहेका छन् ।पर्यटकीय क्षेत्रले आफ्नो मौलीक पहिचानलाई जीवन्त राख्न उक्त क्षेत्रमा माघ २ गतेबाट बिहान सातदेखि बेलुका सात बजेसम्म भएका कारण चार पाङग्रे सवारी साधारलाई केही स्थानमा पूर्ण निषेध, केही क्षेत्रमा एकतर्फी मात्र सवारी चलाउने व्यवस्था गर्न लागेको महाशाखाले जनाएको छ ।

 

पर्यटकीय क्षेत्र समेत भएको उक्त वडाहरुमा टेलिफोन, विद्युत, ढल, सडकको निर्माण आवश्यक रहेको समेत जनाएको छ । उक्त क्षेत्रमा पर्यटकको संख्या बढाउन सकेको खण्डमा राजश्व वृद्वि हुने अपेक्षा गरिएको छ ।

-जनता समाचार बाट

4720
Shares

ट्रेन्डिङ