सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेशमा यस्तो छ दलहरूको अवस्था

प्रदेशमा यस्तो छ दलहरूको अवस्था

4120
Shares
प्रदेशमा यस्तो छ दलहरूको अवस्था

काठमाडौं, पुस ३०: यस्तो छ प्रदेशगत रूपमा दलहरूको अवस्था
प्रदेश १ : प्रदेश १ को जम्मा मतभार ९ हजार ३ सय ९६ छ। निर्वाचित हुन आवश्यक मत २ हजार ३ सय ५० हो। यो प्रदेशमा कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २ हजार ७ सय ३६ हुन्छ। वाम गठबन्धनको ६ हजार २ सय २८ मतभार हुन्छ। त्यसैले १ नम्बर प्रदेशमा १ महिला र १ अन्य कांग्रेसले जित्ने अवस्था छ भने दुई महिला र दुई अन्य वाम गठबन्धनको हात पर्ने देखिन्छ। यो प्रदेशमा वाम गठबन्धनको बहुमत छ।

प्रदेश २ : प्रदेश २ मा कुनै पनि दलको बहुमत छैन। यो प्रदेशको मतभार १० हजार ३२ छ। निर्वाचित हुन आवश्यक मत दुई हजार पाँच सय नौ हो। कांग्रेस र फोरम लोकतान्त्रिकको मतसंख्या दुई हजार तीन सय ७० छ। वाम गठबन्धनको तीन हजार १२ मतभार छ। राजपा र संघीय समाजवादी फोरमको चार हजार पाँच सय मत छ। यो प्रदेशमा वाम गठबन्धनले एक महिला र एक अन्य जित्ने देखिन्छ। राजपा र संघीय समाजवादी मिलेमा एक महिला र एक अन्य जित्ने अवस्था छ भने कांग्रेस एक्लैले कुनै पनि पद जित्ने अवस्था छैन। कांग्रेस, राजपा वा संघीय समाजवादी मिलेमा एक महिला र एक अन्य जित्ने अवस्था छ।

प्रदेश ३ : प्रदेश ३ मा वाम गठबन्धनको बहुमत छ। जम्मा मतभार नौ हजार पाँच सय ६४ रहेकोमा जित्न आवश्यक मत दुई हजार तीन सय ९२ चाहिन्छ। कांग्रेसको दुई हजार दुई सय १४ मत छ। वाम गठबन्धनको ६ हजार आठ सय ७६ मत छ। यो प्रदेशमा वाम गठबन्धनले दुई महिला र दुई अन्य जित्ने देखिन्छ। बाँकी एक महिला र एक अन्य सिट जित्न भने साना दलको भर पर्नुपर्ने अवस्था छ। नेमकिपा, नयाँ शक्ति, विवेकशील साझा, राप्रपा र राप्रपा प्रजातान्त्रिकको सहयोग कांग्रेसलाई भए कांग्रेसले एक महिला र एक अन्य तथा वाम गठबन्धनलाई भए वाम गठबन्धनले ती दुई पद जित्ने अवस्था छ।

प्रदेश ४ : प्रदेश ४ को मत संख्या ५ हजार ९ सय ४० छ। यो प्रदेशमा जित्नका लागि १ हजार ४ सय ८६ मत चाहिन्छ। कांग्रेसको २ हजार १ सय ७८ मत छ। वाम गठबन्धनको ३ हजार ३सय ४८ मत छ। कांग्रेसले एक महिला र एक अन्य तथा वाम गठबन्धनले दुई महिला र दुई अन्य जित्ने देखिन्छ।

प्रदेश ५ : ८ हजार १ सय मत रहेको ५ नम्बर प्रदेशमा जित्नका लागि दुई हजार २६ मत चाहिन्छ। कांग्रेसको दुई हजार ६४ मत छ। वाम गठबन्धनको पाँच हजार दुई सय ८६ मत छ। प्रदेश ५ मा एक महिला र एक अन्य कांग्रेसले तथा दुई महिला र दुई अन्य वाम गठबन्धनले जित्ने देखिन्छ।

प्रदेश ६ : प्रदेश ६ का सबै सिट वाम गठबन्धनले जित्ने देखिन्छ। चार हजार सात सय ६४ मत संख्या रहेको यो प्रदेशमा जित्नका लागि एक हजार एक सय ९२ मत चाहिन्छ। तर, कांग्रेसको एक हजार २६ मात्र मतसंख्या छ। वाम गठबन्धन र केही स्वतन्त्र (वाम गठबन्धननजिक) को ७२ मतसमेत जोड्दा वाम गठबन्धनको तीन हजार ६ सय १८ मत हुन्छ। यो संख्याले तीन महिला र तीन अन्य जित्ने देखिन्छ।

प्रदेश ७ : प्रदेश ७ को जम्मा मतभार पाँच हजार सात सय १२ छ। निर्वाचित हुन आवश्यक मत संख्या एक हजार चार सय २९ हो। कांग्रेसको एक हजार ८ सय ७२ मत संख्या छ भने फोरम लोकतान्त्रिकको ३६ समेत कांग्रेसको भागमा जोड्दा एक हजार नौ सय आठ हुन्छ। वाम गठबन्धनको तीन हजार सात सय आठ मत छ। यो प्रदेशमा कांग्रेसले एक महिला र एक अन्य तथा वाम गठबन्धनले दुई महिला र दुई अन्य जित्ने देखिन्छ।

पत्रपत्रिकाबाट
-अन्नपूर्ण पोस्ट

4120
Shares

ट्रेन्डिङ