सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा मिनि ट्रिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु

काभ्रेमा मिनि ट्रिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु

465
Shares
काभ्रेमा मिनि ट्रिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु

काभ्रे :- धुलिखेल नगरपालिका-३ बाँसघारीमा ट्रिप्परले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

गए राति १० बजे धुलिखेल नगरपालिका -३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बा.प्र. ०१-००४ क ०१३० नं. को मिनि ट्रिप्परले पैदल यात्री लाल बहादुर तामाङलाई ठक्कर दिएको हो ।

घाइते लालबहादुरको धुलिखेल अस्पताल मृत्यु भएको काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार सवारी साधन मिनि ट्रिप्पर र चालक महाभारत गाउँपालिका-४ बस्ने ३१ वर्षीयको पदम लामा जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेका छन् ।

465
Shares

ट्रेन्डिङ