सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • नेपाल मानव अधिकार संगठनको प्रथम बार्षिक साधारण सभा सम्पन्न

नेपाल मानव अधिकार संगठनको प्रथम बार्षिक साधारण सभा सम्पन्न

6735
Shares
नेपाल मानव अधिकार संगठनको प्रथम बार्षिक साधारण सभा  सम्पन्न

सनम सुवाल /काभ्रे (पनौती), ६ माघ । शनिबार नेपाल मानव अधिकार संगठन काभ्रे शाखाको प्रथम बार्षिक साधारण सभा पनौतीको रेड्क्रस भवन मा सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष इन्द्र अर्यालको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय महासचिव महामुनिश्वर आचार्यको पनि उपस्थित रहेको थियो ।

पनौती, पाचखाल, धुलिखेल, नमोबुद्द , मन्दन देउपुर र बनेपा नगर समितिको प्रतिनिधिहरु र जिल्ला कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।कार्यक्रममा सचिव राजु सिग्देलले बार्षिक प्रगति प्रतिबेदन, कोषाध्यक्ष मधु लामिछानेले आर्थिक प्रतिबेदन , अध्यक्ष सुरेश सैंजु बाट प्रस्तुत बार्षिक कार्यक्रम सर्बसम्मत बात अनुमोदन भयो।

त्यसैगरी साधारण सभाले जिल्ला मानव अधिकार संरक्षण, सम्बर्धन र प्रबर्धन कोष पनि स्थापना भएको छ l भने दोश्रो जिल्ला बार्षिक साधारण सभा आउदो २०७५ साल माघमा पचाखालमा गर्ने निर्णय भएको छ l साधारण सभा जिल्ला सभापति सुरेश सैंजुको सभापतित्वमा सम्पन्न भएको छ ।

 

6735
Shares

ट्रेन्डिङ