काभ्रे जिल्लामा आज को रो ना सं क्र मि तको संख्या घ टे को छ । आज १ जनामा मात्रै को रो ना सं क्र म ण भएको छ् ।
पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरी ३१ जना मा गरिएको परिक्षणमा १ जनामा मात्रै को रो ना पोजेटिभ देखिएको हो । आज थपिएका सं क्र मि त संगै जिल्लामा १४ हजार ७९५ जनामा को रो ना पुष्टि भइसकेको छ ।
यता आज को रो नामुक्त हुनेको संख्या भने शून्य रहेको । हालसम्म जिल्लामा सं क्रम णमुक्त हुनेको संख्या १४ हजार ५७५ पुगेको छ । अब जिल्लामा २७ जना को रो नाका सक्रिय सं क्र मि त रहेका छन् ।
सबैभन्दा धेरै को रो नाका सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन् । ती सबै संक्रमित होम आइसोलेशनमा रहेका छन् । १३ वटा स्थानीय तह रहेको काभ्रेका ८ वटा स्थानीय तह को रो नामुक्त भइसकेका छन् ।
बाँकी ४ पालिकामा मात्रै को रो ना सं क्र मि त रहेका छन् । यसैबिच आज काभ्रेका विभिन्न पालिकामा एक हजार २ सय ३५ जनाले कोरोनावि रु द्धको खोप लगाएका छन् ।
बनेपा र पनौती नगरपालिकामा गरी १२३५ जनाले खोप लगाएका हुन् । त्यसमध्ये पहिलो डोज खोप ३६८ जनाले र दोस्रो डोज ८६७ जनाले लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
योसंगै जिल्लामा पहिलो मात्रा खोप लगाउनेको संख्या दुई लाख १८१ पुगेको छ भने दोस्रो डोज एक लाख ९२ हजार ४९६ जनाले लगाइसकेका छन् ।