सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा लाग्यो म्यादी प्रहरीमा आवेदन दिनेहरुको लर्को

काभ्रेमा लाग्यो म्यादी प्रहरीमा आवेदन दिनेहरुको लर्को

13880
Shares
काभ्रेमा लाग्यो म्यादी प्रहरीमा आवेदन दिनेहरुको लर्को

जिल्ला प्रहरी कार्यालय काभ्रेमा ४५० जनाले म्यादी प्र ह रीका लागि आवेदन दिएका छन् । जसमा ३५२ पुरुष र ९८ महिला रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आजदेखि स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आवेदन लिन थालिएको हो । म्यादीमा जाने इच्छा भएकाले आजदेखि ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । ४० दिनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ ।

चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने तयारी रहेको छ ।

म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ ।

13880
Shares

ट्रेन्डिङ