सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रे क्याम्पसमा स्वबियुको ताला अझै खुलेन

काभ्रे क्याम्पसमा स्वबियुको ताला अझै खुलेन

12295
Shares
काभ्रे क्याम्पसमा स्वबियुको ताला अझै खुलेन

काभ्रे, ६ माघ । काभ्रे बहुमुखी क्याम्पस बनेपा बुडोलको प्रशाशनमा लगभग एक महिना देखि लागेको ताला अझै खुलेको छैन । स्वतन्त्र विद्यार्थी युनियन काभ्रे बहुमुखी क्याम्पसले विभिन्न १४ बुदे माघ राख्दै क्याम्पसमा ताला बन्दी गरेको हो। क्याम्पसले हालसालै बढाएको फि फिर्ता हुनु पर्ने,कक्षाहरु नियमित हुनुपर्ने,लगायतका माग सहित विभिन्न समयमा जानकारी गराउदा समेत क्याम्पसले कुनै वास्ता नगरे पछि ताल्चा लगाउन बाध्य भएको स्वबियु अध्यक्ष युगेश्वोर कायस्थले जानकारी दिए ।

क्याम्पस प्रमुखको कोठा,प्रसासन शाखा,आर्थिक बिभागको कोठामा बिगत एक महिना देखि ताल्चा लाग्दा क्याम्पसको प्रसासनिक काममा निकै समस्या देखिएको छ । तर क्याम्पस प्रसासनले भने स्वबियुको मागलाइ खासै वास्ता नगरी उल्टै त्यो समयमा जाडो बिदालाइ अगाडि सारेर बिदा दिने र बार्ता समिती गठन गरेता पनि कुनै औपचारिक ढंगले बर्तामा नबस्ने र झारो टार्ने काम मात्रै गर्दै आएको स्वबियुको आरोप छ।

स्वबियु अध्यक्ष कायस्थ भन्छन् -काभ्रे बहुमुखी क्याम्पस भनेको अधिकाम्स गरिब विद्यार्थी अध्यन गर्ने क्याम्पस हो । तर सामुदायिक क्याम्पस भैकन पनि प्राइभेट क्याम्पसकै हाराहारिमा शुल्क हुनु र फि पनि मनलाग्दी बढाउनु जायज हुँदैन। हामी विद्यार्थीको समस्यामा सधैमा आवाज उठाइरहने छौँ । हामिलाइ विद्यार्थीको साथ छ हाम्रा मागहरु पूरा नभए हामी पुरै क्याम्पसमा ताला लाउन बाध्य हुने छौ ।

यता क्याम्पस प्रसासनले गठन गरेको बार्तासमितिका संयोजक इश्वोरी ओझालाई बार्ता के भैरहेको छ भनी सोध्दा उनी भने बर्ता सकारात्मक ढंगले विभिन्न चरनमा भैरहेको र केही बुधामा सहमति भए पनि फि घटाउने कुरामा भने सहमती जुट्न नसकेको बताउँछन् । फि बढेकोको कुरामा सबै विद्यार्थीहरु समेत एतिखेर चिन्तित छन्। स्वबियु र क्याम्पस बिचको यो कुराले क्याम्पसको आगामी माघ २० गते हुने स्थापना दिवसलाइ पनि असर पर्ने देखियको छ। क्याम्पस यतिखेर २० गतेको कार्यक्रमको तयारीमा जुट्नु पर्ने भएता पनि ताला बन्दीले गर्दा खासै केही काम हुन भने सकेको छैन ।

12295
Shares

ट्रेन्डिङ