सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • काभ्रेमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा चार घाइते

काभ्रेमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा चार घाइते

8025
Shares
काभ्रेमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा चार घाइते

काभ्रे : काभ्रेको बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा मोटरसाइकल दु’र्घटना हुँदा चार जना घा’इते भएका छन्। अरनिको राजमार्गमा आइतबार दिउँसो काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको प्रदेश नं. ३–०२–००७ प ४३४७ को मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. ३–०२–०११ प ३६१३ र बा ७५ प ६८७६ नम्बरको तीनवटा मोटरसाइकल आपसमा ठो’क्किएका काभ्रे प्र’हरीले जनाएको छ।

काभ्रेका सूचना अधिकारी तथा डिएसपी कुमार विक्रम थापाका अनुसार तीनवटा पनौती नगरपालिका–५ बस्ने २० वर्षका सुमन बिसुङखे (बा७५ प ६८७६ नम्बरको मोटरसाइकल चालक), सोही नपा–४ बस्ने वर्ष २७ को अमृत महत (प्रदेश नं. ३–०२–००७ प ४३४७ को मोटरसाइकल चालक), रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–३ बस्ने वर्ष २१ का मिलन थापा मगर प्रदेश नं. (३–०२–०११ प ३६१३ को मोटरसाइकल चालक) र निजको भाइ वर्ष १८ का किरण थापा मगर घाइते भएका छन्।

घा’इते चारै जनालाई बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको प्र’हरीले जनाएको छ। तीनवटै मोटरसाइकल प्र’हरीको नियन्त्रणमा छ। घा’इतेको हात, खुट्टामा चो’ट लागेको छ।

8025
Shares

ट्रेन्डिङ