सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपालमै पहिलो पटक बनस्पती महायज्ञ हुँदै

नेपालमै पहिलो पटक बनस्पती महायज्ञ हुँदै

6185
Shares
नेपालमै पहिलो पटक बनस्पती महायज्ञ हुँदै

पुजन धिताल,शारदा बतासे÷नेपालीमै पहिलो पटक हुने बनस्पती महायज्ञ अगामी माघ २१ गतेदेखि २७ गतेसम्म काभ्रेको धुलिखेल–१० शरादा बतासेमा हुने भएको छ । महायज्ञबाट उठेको रकमले शारदा बतासेमै हनुमानपार्क र भावी योजनामा सस्कृत विद्यालयको समेत स्थापना गर्ने योजना रहेको छ । श्री हनुमत शक्ति साधना दुःख निबारण सामाजिक संस्था नेपालले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएका हुन् । विसुद्ध आफ्नो सस्कृति बचाउने र वाताबरण बनस्पतीको संरक्षण गर्ने उद्देश्य रहेको पनि जानकारी दिए l


पत्रकार सम्मेलनमा आयोजक संस्थाका संयोजक अर्जुन प्रसाद आर्य धिमाले महायज्ञका सातै दिन फरक फरक नेपाल र भारतका प्रतिष्ठीत व्यक्तिहरुको मुखरावृन्दबाट वातावरण सुद्धृीकरणका लागि कथा बाचन हुने बताए ।

के के हुन्छन त एक साता हुने वनस्पती महायज्ञमा ?
आयोजकका अनुसार ऐतिहासिक वनस्पती महायज्ञमा प्रत्येक दिन बाल सन्त हनुमत योगीको विशेष प्रवचन र प्रत्येक दिन फरक व्यक्तिहरुको प्रवचन तथा कथा बाचन भने २२ गते विपिन भट्टराई, २३ गते केदारनाथ देबकोटा, २४ गते राजकुमार खनाल, २५ गते दिनेश खनाल, २६ गते बालचन्द्र अधिकारी, २७ गते राधा सखी(थापा) लगायतले कथा बचान तथा प्रबचन दिने छन् ।


बनस्पती महायज्ञमा पञ्चबुटी अर्थात बर पिपल, बेल, स्वामी र अमलाको बिषेश पुजा हुने समेत आयोजक समितिका धिमालले बताए । ‘हामीले प्रत्येक दिन जसो सेवन गर्ने औषधीहरुमा समेत कुन–कुन जडीबुढीहरु प्रयोग भएर बन्ने गर्दछ भन्ने समेत जनमनासमा ज्ञान नभएको अवस्थामा यस बनस्पती महायज्ञले यस्ता ज्ञान फैलाउनमा र बायुमण्डल सुद्धृकरण गर्नेमा आफु विस्वस्थ रहेको धिमालले भने ।’

6185
Shares

ट्रेन्डिङ