सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • बलात्कारका घटनामा संवेदनहीनता -आश्चर्यजनक रिहा !

बलात्कारका घटनामा संवेदनहीनता -आश्चर्यजनक रिहा !

4240
Shares
बलात्कारका घटनामा संवेदनहीनता -आश्चर्यजनक रिहा !

काठमाडौँ, माघ १७: पर्याप्त प्रमाण र आधार हुँदाहँुदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको खुलेको छ ।

‘गोदामचौर–क’ संकेत दिई दर्ता गरिएको उक्त मुद्दाका ३ आरोपितलाई जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारिखमा छाड्न आदेश दिएको थियो । ‘कसले घटना घटाएको भन्ने प्रश्नमा पीडित पक्षका कानुन व्यवसायीहरू कसैले कुन प्रतिवादीप्रति भनी देखाइदिन सकेको पाइँदैन,’ आदेशमा भनिएको छ, ‘पीडितले समेत यी–यी व्यक्तिले करणी गरेको भनी लेखाइदिन सकेको देखिँदैन ।’

मुद्दाको सम्पूर्ण मिसिल उपलब्ध गराउने जिल्ला अदालतस्रोतका अनुसार प्रहरी प्रतिवेदनमा उक्त घटनामा भएको आक्रमणको विस्तार र हुनुपर्नेजति प्रमाण उपलब्ध छ । उपचारका क्रममा होस खुलेपछि पीडित युवतीले दिएको किटानी जाहेरीमा प्रतिवादीहरूको नाम स्पष्ट रूपमा उल्लेख गरी आफूमाथि आक्रमण, मुख थुन्ने काम र ढुंगा प्रहार भएको उल्लेख गरेकी छन् ।

जाहेरीअनुसार पीडितमाथि सुरुमै ढुंगा प्रहार भएको देखिन्छ । त्यसपछि उनी बेहोस भइन् । जिल्ला सरकारी वकिल कार्यालयस्रोतले भन्यो, ‘बेहोस अवस्थामा उनले आफूमाथि क–कसले जबर्जस्ती गरे, थाहा पाउने कुरै भएन ।’
-कान्तिपुर दैनिक

4240
Shares

ट्रेन्डिङ