सबैको समाचार
बुधबार, साउन २०, २०८३
  • होमपेज
  • मिर्चैयामै पहिलो पटक फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुदै

मिर्चैयामै पहिलो पटक फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुदै

4795
Shares
मिर्चैयामै पहिलो पटक फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुदै

सिरहा, २८ फाल्गुन ; सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट हुने भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौले मिर्चैयामा यहि चैत ९ गते फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको अडिसन गर्ने जनाएको छ ।

युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गर्न लागिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ । डिसनमा छनोट हुनेहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने डाईरेक्टर कर्णले बताए ।

मिर्चैयामै पहिलो पटक हुन लागेको फेसन शो मा सहभागी हुन सम्पुर्ण ईच्छुक युवायुवतीहरुलाई आयोजकले आग्रह गरेका छन् । अडिसन रामनगर मिर्चैया उद्योग बाणिज्य संघको सभाहलमा हुनेछ । ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन रहेका छन् ।

4795
Shares

ट्रेन्डिङ