सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • श्रीमतीले ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

श्रीमतीले ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

4600
Shares
श्रीमतीले ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

पाल्पा – ढुङ्गा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् । रैनादेवी छहरा गाउँपालिका–३ छचुवामा सोमबार ३९ वर्षीय मङ्गला कुमालले ४० वर्षीय श्रीमान् लोकबहादुर कुमाललाई ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् ।

श्रीमतीको ढुङ्गा प्रहारबाट घाइते भएका लोकबहादुरलाई उपचारका लागि मिसन अस्पताल पाल्पामा पु¥याएपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक देवराज पौडेलले जानकारी दिनुभयो ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका – २ घर भई ससुरालीमा आएका बखत श्रीमतीको ढुङ्गा प्रहारबाट लोकबहादुरको ज्यान गएको हो । मङ्गलालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

4600
Shares

ट्रेन्डिङ