सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म स्टोर गरेर राख्यो’

फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म स्टोर गरेर राख्यो’

3975
Shares
फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म स्टोर गरेर राख्यो’

काठमाडौं,जेष्ठ १७; फेसबुकका करोडौं प्रयोगकर्ताका पासवर्ड त्यहाँका २० हजार कर्मचारीका लागि उपलब्ध भएको एक नयाँ रिपोर्टले बताएको छडाटा सुरक्षाको यो विफलताबारे सेक्युरिटी रिसर्चर ब्रेन क्रेब्सले जानकारी दिएका हुन् । उनका अनुसार फेसबुकले ६० करोड पासवर्ड वर्षौंसम्म प्लेन टेक्स्टमा स्टोर गरेर राखिएको थियो ।

सन् २०१२ मा बनाइएका फेसबुक अकाउन्टका पासवर्ड पनि सार्वजनिक भएका हुनसक्ने उनले बताएका छन् ।एक वक्तव्य जारी गर्दै फेसबुकले आन्तरिक नेटवर्कमा आफसे आफ पासवर्ड स्टोर हुने समस्या समाधान भइसकेको जानकारी दिएको छ lक्रेब्सको यो सूचनापछि फेसबुकका इन्जिनियर स्कट रेन्फ्रोले फेसबुकको आन्तरिक अनुसन्धानपछि उक्त पासवर्डको कुनै दुरुपयोग नभएको बताएका छन् ।

फेसबुकले यो समस्याबारे गत जनवरीमा नियमितको सुरक्षा समिक्षाका बेला पत्ता लगाएको जानकारी दिएको छ ।यो समस्याबाट फेसबुक लाइटका प्रयोगकर्ता प्रभावित भएको फेसबुकले बताएको छ । जुन देशमा इन्टरनेट स्लो छ, त्यहाँ फेसबुक लाइट प्रयोग गरिन्छ ।

‘हामी फेसबुक लाइटका करोड बढी प्रयोगकर्ता, लाख बढी अन्य फेसबुक प्रयोगकर्ता र हजार बढी इन्स्टाग्रामका प्रयोगकर्ता यसबाट प्रभावित भएको जानकारी दिने तयारीमा छौं,’ फेसबुकले रोयटर्सलाई बताएको छ ।पछिल्लो वर्षको सेप्टेम्बरमा फेसबुकमा समस्या देखिएपछि ५ करोड प्रयोगकर्ताको जानकारी सार्वजनिक भएको थियो ।यस्तै, २०१८ को सुरुवातमा लाखौं फेसबुक प्रयोगकर्ताका जानकारी डाटा साइन्स कम्पनी क्याम्ब्रिज एनालिटिकाले प्रयोग गरेको बताइएको थियो ।

-बिबिसीबाट

3975
Shares

ट्रेन्डिङ