सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • पर्वतमा ७ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

पर्वतमा ७ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

3810
Shares
पर्वतमा ७ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

जेष्ठ ,१७ पर्वत;दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । विहादी गाउँपालिकाकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती गरेको स्वीकार गरेको हुवास इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।

घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरिएको र पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि पोखराको गण्डकी अञ्चल अस्पतालमा पठाइएको छ ।पक्राउ परेका सुरजलाई अनुसन्धानका लागि सदरमुकामतर्फ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख स्यामु अर्यालले जानकारी दिए ।

-राससबाट

3810
Shares

ट्रेन्डिङ