सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लिफ्ट माग्दा ट्रकभित्रै बलात्कार

लिफ्ट माग्दा ट्रकभित्रै बलात्कार

4330
Shares
लिफ्ट माग्दा ट्रकभित्रै बलात्कार

काठमाडौं, असार १४: नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् ।बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् ।

ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३० वर्षीय विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ । उनीहरुले व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर बलात्कर गरेका थिए । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित छ ।

4330
Shares

ट्रेन्डिङ