सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सगरमाथाको नयाँ उचाइ कहिले ?

सगरमाथाको नयाँ उचाइ कहिले ?

4420
Shares
सगरमाथाको नयाँ उचाइ कहिले ?

काठमाडाैं, १७ जेठ : नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पुर्याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ ।  ६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ ।

सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ । नेपालका तर्फबाट सगरमाथा नयाँ मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडलले लेखेका छन् ।

4420
Shares

ट्रेन्डिङ