सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार :देउवा

चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार :देउवा

4325
Shares
चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार :देउवा

रोल्पा, मंसिर ७ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको चुनावपछि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । रोल्पाको लिबाङमा बिहीबार आयोजित लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । विपक्षी दलका नेताहरुले चुनाव सारेको सपना देख्दै सरकारले चुनाव सार्छ भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री देउवाले १० र २१ गते भोट हालेर फर्केपछि पनि उनीहरुले चुनाव सार्छ भन्न सक्ने बताउनुभयो ।
देशमा कम्युनिष्टहरुले गठबन्धन गरेकाले कम्युनिष्ट शासन आए नागरिकले फेरि दुःख पाउने भन्दै उहाँले लोकतन्त्रमा नागरिकले स्वतन्त्र पूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने भएकाले अबको चुनावमा लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न आग्रह गर्नुभयो ।
साथै प्रधानमन्त्री देउवाले रुसमा लेलिन र चीनमा माओवाद अन्त्य भएकाले नेपालमा पनि कम्युनिष्ट टिक्न नसक्ने र चुनाव पछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने समेत दावी गर्नुभयो ।

4325
Shares

ट्रेन्डिङ