सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काठमाडौं विश्वविद्यालयमा २३ औ दिन तालाबन्दि, कुनै वार्ता भएन, १५ गते वार्ताको तयारी

काठमाडौं विश्वविद्यालयमा २३ औ दिन तालाबन्दि, कुनै वार्ता भएन, १५ गते वार्ताको तयारी

5240
Shares
काठमाडौं विश्वविद्यालयमा २३ औ दिन तालाबन्दि, कुनै वार्ता भएन, १५ गते वार्ताको तयारी

काभ्रे / काठमाडौं विश्वविद्यालय (केयू) प्राध्यापक संघले उप–कुलपति, रजिस्ट्रार र डिनका कार्यालयमा बिभिन्न मागसहित अनिश्चितकालीन तालाबन्दी गरेको आज शुक्रबार २३ औ दिन पुगेपछि विश्व विद्यालयले पत्रकार सम्मेलन गरेको छ । प्राध्यपक संघले साउन २६ गते अनिश्चितकालीन तालाबन्दी गरेको थियो । विश्वविद्यालयका उपकुलपती,उच्चपदस्थ र केयुमा सबैको ध्यानाकर्षण गराउन तथा संघका माग पुरा गर्न संघले दैनिक रुपमा विरोध गर्दै आएको छ ।  संघको माग पुरा गर्नको लागी आइतबार प्राध्यपक तथा कर्मचारीहरुको आनदोलनको बिषयमा वार्ता गर्नको लागि केयुले वार्ता समिती मार्फत पत्रचार गरेको कुरा आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

साउन ३१ गते देखी बार्ता समिति गठन भएता पनी वार्ता भने १५ गते हुने जानकारी सम्मेलन मार्फत दिएको छ । वार्ता समितिमा भने स्कुल अफ म्यानेजमेन्टका डिन प्रा डा. विजय केसीको संयोजकत्वमा दुई सदस्यहरुमा स्कुल अफ एजुकेसनका प्रा. डा. बालचन्द्र लुइँटेल र प्रशासकीय प्रमुख मुकुन्द उपाध्याय रहेको वार्ता समिति रहेको छ । प्रध्यापक संघले असन्तुष्ठि जनाउदै आएकोमा केयूका रजिस्टार डा. सुबोध शर्माले उक्त असन्तुष्ठि आज आएर उहाहरु प्रति आसा पलाएको दावी गरेका छन । विश्व विद्यालयमा भएका असन्तुष्ठि प्रति अब सम्झनु हुन्छ होला र वार्तामा आफ्ना सहमती हुनेमा पनी विश्व विद्यालय आसाबादी रहेको पनी उनले जानकारी दिए ।

काठमाडौ विश्वविद्यालय विषेशत निति, नियम तथा ऐन कानुनि बाट सञ्चालन भएन : संघ

काठमाडौं विश्वविद्यालय विश्वविद्यालय सामाजीक विद्यालय हो । यसमा सबै कानुन तथा पद्धति बाट चल्नु पर्छ भनेर काठमाण्डौ विश्वविद्यालय प्राध्यापक संघले बेला बेलामा भनेता पनी विद्यालयका बुलपतिले बेवास्ता गर्दै आएका छन । विद्यालयमा विभित गतिविधि हुदै आएको छ । २०६३ सालमा स्थापना भयको यस संघले विद्यालयमा भएका अनियमता बारे केहि समय देखी लगातार बार्तामा बोलायता पनी विद्यालयका उपकुल पति बार्तामा आउन चहेका छौन्न । साउन २६ गते देखि प्राध्यापक संघले ताला बन्दि गरे लगातै उपकुल पती विदेश भ्रमणमा गएका थिए । आज २३ औं दिन हुदा पनी विश्वविद्यालयका उपकुलपती विद्यालयमा उपस्थित भएका छौन्न । २०६३ सालमै भएको सम्झौता कार्यव्नयन नभएको पनी प्रध्यापक संघका सभापती बेद मणी दाहालले बताए ।

प्राध्यपकहरुले भने काठमाडौं विश्वविद्यालय ऐन २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सहभागितामा संशोधन गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, लामो समय एउटै पदमा कार्यरत करार÷अस्थायी प्राध्यापक तथा कर्मचारीसम्बन्धी संशोधनमा केयुले बेवास्ता गरेको आरोप लगाउदै आएका छन ।

केयूले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैं छलकपटको रणनीति लिएकाले विरोधस्वरूप तालाबन्दी गर्नुपरेको प्राध्यापक संघले बिज्ञाप्तीमा जनाएको छ । अहिले केयुमा स्कुल अफ साइन्स र इन्जिनियरिङको एन सेमेस्टर परिक्षा संचालन भइरहेको छ । केयुको प्राध्यपक संघको आनदोलनमा बिभिन्न संघहरुले समेत समर्थन जनाउदै आएका छन ।
काठमण्डौ विश्व बिद्यालय कर्मचारी संघ, काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेस र स्थायिन सस्था भ्याण्डोल तथा बखुण्डोल शैक्षिक सरोकार समाजले भदौ ३ गते बिज्ञप्ती मार्फत प्राध्यपक संघको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।

5240
Shares

ट्रेन्डिङ