सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रेमा ग्राहक बनेर चोरी गर्ने सासु बुहारी पक्राउ

काभ्रेमा ग्राहक बनेर चोरी गर्ने सासु बुहारी पक्राउ

3545
Shares
काभ्रेमा ग्राहक बनेर चोरी गर्ने सासु बुहारी पक्राउ

काभ्रे। काभ्रेको बनेपास्थित एक कपडा पसलमा ग्राहक बनेर गएका दुई महिला चोरी आरोपमा पक्राउ परेका छन्।

जेनुन कस्मेटिक एन्ड फेन्सी पसलबाट कपडा चोरेको आरोपमा प्रहरीले दोलखाका ६३ वर्षीया दुर्गा विक र ३५ वर्षीया विनिता विकलाई पक्राउ गरेको छ।

दुर्गा र विनिता सासु बुहारी हुन्। प्रहरीले उनीहरुको साथबाट १६ सेट कुर्ता सुरुवाल र ६ थान टप्स बरामद भएको जनाएको छ। घटना गत जेठ १८ गतेको भएपनि उनीहरु मंगलबार पक्राउ परेका हुन्।

3545
Shares

ट्रेन्डिङ