सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विप्लव नेतृत्वकाे ५ जना सदस्यले गरे आत्मसमर्पण

विप्लव नेतृत्वकाे ५ जना सदस्यले गरे आत्मसमर्पण

4310
Shares
विप्लव नेतृत्वकाे ५ जना सदस्यले गरे आत्मसमर्पण

धादिङ / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रहेका पाँच जनाले जिल्ला प्रहरी कार्यालय धादिङसमक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेहरुमा गल्छी गाउँपालिका–३, मुलाबारीका ध्रुवप्रसाद खनाल, श्याम बहादुर बयलकोटी, गल्छी गाउँपालिका–३, छाँगेटारका विष्णु प्रसाद खतिवडा, केशव राज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

आत्मसमर्पण गर्ने पाँचै जना नेकपा विप्लव समूह गल्छी गाउँ कमिटि सदस्य रहेका थिए । उनीहरुले नेकपा विप्लव समूहसँग अलग भएको जानकारी गराउँदै स्वेच्छापूर्वक कानुनको पूर्ण पालना गरी सामान्य जीवन यापन गर्ने प्रण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

4310
Shares

ट्रेन्डिङ