सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • सिरिञ्ज आक्रमणः डेढ महिनामा नौ घाइते

सिरिञ्ज आक्रमणः डेढ महिनामा नौ घाइते

4675
Shares
सिरिञ्ज आक्रमणः डेढ महिनामा नौ घाइते

काठमाडौं, असार १३ :बनेपामा बुधबार सिरिञ्ज आक्रमणमा परेकी महिला यस प्रकारको पीडामा पर्ने नवौं भएको चिकित्सकहरुले बताएका छन् । यस्तो आक्रमण जेठयताको हो । अहिले सिरिञ्ज आक्रमणमा परेका महिलाहरुको उपचार काठमाडौंको टेकु अस्पतालमा भइरहेको छ । उता, आक्रमणकारी महिलाको खोजी गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेको छ ।

काभ्रे प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र शंकास्पद व्यक्ति देखेमा तत्काल प्रहरीलाई खवर गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले एक विज्ञप्ति प्रकाशन गरी आमा समूह, टोल सुधार समिति, उपभोक्ता समिति, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थालाई यस्ता ब्यक्तिकोे पहिचानका लागि सादा पोशाकका प्रहरीसमेत चोक–चोकमा परिचालन गरेकाले सहयोग गर्न आग्रह गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

4675
Shares

ट्रेन्डिङ