सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • पनौती नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

पनौती नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

5980
Shares
पनौती नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

काभ्रेको पनौती नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाले गत बर्ष हासिल गरेको भौतिक तथा वित्तीय प्रगतिको यथार्थ विवरण र चालु आर्थिक वर्षको हाल सम्मको शाखागत रुपमा प्राप्त भएका प्रगति प्रतिवेदन सभाबाट पारित भएको नगर प्रमुख भिम प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिका र खोपासी सहकारी संस्था लि. बीच खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा नगर अस्पताल निर्माण लागी १८ रोपनी जग्गा प्राप्तीका लागी भएको सम्झौता सभाद्वारा अनुमोदन गरिएको छ ।

यस्तै नगरपालिका क्षेत्र भित्र विभिन्न विषयमा आवश्यक कानुनहरु निर्माण गर्ने क्रममा कार्यपालिकाले विधेयक समिति मार्फत सैद्धान्तिक सहमति लिई प्रस्तुत गरेको खानि तथा खनिज पदार्थ सम्बन्धि विधेयक ,वातावरण तथा सरसफाई विधेयक, वन विधेयक,युवा तथा खेलकुद परिषद विधेयक र मानव अधिकार परिषद् विधेयक प्रस्ताव पनि अनुमोदन भएको छ ।

साथै नगरपालिकाको वडा नम्बर १, २, ३ र १२ महाभारत शृंखलासँग जोडिएका वडामा २ सयभन्दा बढी प्रजातिका चरा रहेकाले बर्ड वाचिङका लागि यस क्षेत्रलाई ‘चरा संरक्षण क्षेत्र घोषणा, नौबीसे–नेपालबेंसी, पनौतीलगायत फाँटलाई कृषि पकेट क्षेत्र घोषणा सर्वसम्मति पारित भएको छ । यस्तै नगरपालिकाको गत आव २०७५-७६ को महालेखा परीक्षकबाट सम्पन भएको अन्तिम लेखा परीक्षण प्रतिवेदन र नगरपालिकाको लेखासमितिसहितको प्रतिवेदन पनि सभाले पारित गरेको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

5980
Shares

ट्रेन्डिङ