सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जलविद्युत् स्टोरमा आगलागी : एक करोड बराबर क्षति

जलविद्युत् स्टोरमा आगलागी : एक करोड बराबर क्षति

3170
Shares
जलविद्युत् स्टोरमा आगलागी : एक करोड बराबर क्षति

रसुवा / रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सिभिलतर्फको स्टोरमा सोमबार राति आगलागी भएको छ । आगलागीबाट स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङलगायतका सामग्री जलेका छन् । ड्याम साइडमा रहेको स्टोरमा आगलागी हुँदा करिब १ करोड मूल्य बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

सोमबार राति ११ बजेर ५ मिनेट जाँदा आगालागी भएको थियो । चिनियाँ टोलीले साढे ११ मा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागी हुनुको कारण खुलेको छैन । आयोजनाका अनुसार आगलागी हुनुको कारण अनुसन्धान भइरहेको छ । छोटो समयमा नै आगो नियन्त्रणमा लिन सकिएका कारण थप क्षति हुनबाट जोगिएको आयोजनाले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।

3170
Shares

ट्रेन्डिङ