काभ्रे,कार्तिक,२६, काभ्रेको बनेपामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक भने घाइते भएका प्रहरी जनाएको छ ।
भक्तपुरबाट बनेपा तर्फ आउदै गरेको बा १० च २१५४ बोलेरो सोही दिशा तर्फ आउदै गरेको वानटेस्ट मोटरसाइकललाई ठक्कर दिई सोही दिशा तर्फ आउदै गरेको बा ३ ख ७०८७ न. को टिपरमा छिरी मोटरसाइकलमा सवार मध्य पछाडि बस्ने भक्तपुर नगरपालिका-९ बस्ने बर्ष २० को बिमल कुटुजुको मृत्यु भएको ईलाका प्रहरी कार्यलय बनेपाले बताए ।
उक्त घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-९ बस्ने बर्ष २१ को प्रेम बहादुर दाहाल घाइते भएको प्रहरीले बताए । घाइतेलाई उपचारको लागी बनेपामा रहेको शिरमेमोरियल हस्पिटलमा लगिएको बताए ।