सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेबाट सं क्रमितको श ब पशुपति नल्याउन भनेपछि डिसीसीएमसीको टोली दोलालघाट पुग्यो

काभ्रेबाट सं क्रमितको श ब पशुपति नल्याउन भनेपछि डिसीसीएमसीको टोली दोलालघाट पुग्यो

7885
Shares
काभ्रेबाट सं क्रमितको श ब पशुपति नल्याउन भनेपछि डिसीसीएमसीको टोली दोलालघाट पुग्यो

काभ्रे : काभ्रेमा कोरोना सं क्रमितको श ब ब्यवस्थापन गर्दै आएको नेपाली सेनाको टोलीलाई पशुपतिमा श ब नल्याउन आग्रह गरिएको पाईएको छ । काभ्रेमा दैनिक जसो नै सं क्रमितको मृ त्यु हुँदै आएको छ ।

श ब ब्यवस्थापनमा खटिएको सेनाको टोलीलाई काभ्रेबाट कोरोना सं क्रमितको श ब नल्याउन पटक पटक आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी एंव जिल्ला को भिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) काभ्रेका संयोजक शिवराम पोखरे नेतृत्वको टोली दोलालघाटमा आर्य घाट हेर्न पुगेको हो । पोखरेलकै अध्यक्षतामा जेठ ४ गते बसेको डिसीसीएमसीको बैठकले स्थानीयबाट सिफारिस भै आएका श ब ब्यवस्थापन गर्ने ठाउँ अनुमोदन गरेको थियो ।

आज भुम्लु गाउँपालिकाले सिफारिस गरेको श ब ब्यवस्थापन गर्ने ठाउँको अवस्था हेर्न टोली गएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार भुम्लुले सिफारिस गरेको मध्ये शिव मन्दिर नजिकको पशुपति घाटसम्म गाडी जाने बाटो नभएकाले सम्भव देखिएन् । ‘गाडी नजाने ठाउँको आर्य घाटमा नि धन भएका कोरोना सं क्रमणको  श ब लैजान मुस्किल पर्छ, सुरूमा सिफारिस गरिएको ठाउँ यातायातका हिसाबले उचित भएन, बगरमा लगेर गा ड्ने कुरा पनि आउँदैन, प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, उहाँहरूले सिफारिस गरेभन्दा केहि तल बगरमा ज लाउन मिल्ने ठाउँ हेरेर आएका छौँ ।’

कोरोना सं क्रमणबाट मृ त्यु भएकाका लागि पाँचखाल नगरपालिकाले पाँचखाल र भुम्लु गाउँपालिकाको बीचको दोलालघाट बगरमा श ब ब्यवस्थापन बताएको छ । त्यस्तै मण्डनदेउपुर नगरपालिकाले वडा नम्बर ७ र ९ को सिमानाको मसानेपाटी घाट तोकिएको छ । मण्डनदेउपुर नगरपालिकाले विकल्पका रुपमा वडा नम्बर १ र ५ को सिमाना लट्टघारी वन क्षेत्र र वडा नम्बर १२ को बाँसखर्क सामुदायिक वनलाई पनि तोकेको छ ।

त्यसैगरि चौरीदेराली गाउँपालिकाले चि हानडाँडा-गोठपानी, सुङ्गेखोला वडा नम्बर ५,  चलाखु चि हानडाँडा, काफ्ले चि हानडाँडा, सलम्बु चि हानडाँडा र वडा नम्बर ३ को चौरीखोला रहेको छ ।  रोशी गाउँपालिकाका लागि भ्याकुरे खोला र रोशी खोला त्रिवेणी घाट तोकिएको छ ।

जेठ ४ को बैठकले श ब ब्यवस्थापनका लागि लाग्ने खर्च नेपाली सेनाको धुलिखेल स्थित कालिजंग गणलाइ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट निकास भई आएको बजेटबाट पुर्ती गर्ने निर्णय पनि गरेको थियो ।

 

7885
Shares

ट्रेन्डिङ