काभ्रे :- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा न ८ को संयोजनमा आयोजना गरिएको ‘चौथो मेयर कप अन्तरवडास्तरीय फुटबल प्रतियोगिता-२०८०’ मा हजारौं दर्शकको सहभागीता देखिएको हो ।
फाईनलखेल हेर्न हजारौ दर्शकको उपस्थितिका साथ भएको खेलमा वडा न ८ लाई हराउदै ९ ले उपाधी जितेको छ ।
शनिबार भएको फाइनल खेलमा वडा नं ८ लाई २-१ गोलले हराउँदै वडा नं ९ विजयी बनेको हो । प्रतियोगिता विजेताले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ नगद, सिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजयीहरुलाई नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य र उपप्रमुख बिमला सापकोटा सङै नगरका प्रमुख प्रशासकीय अधिकृत भोला प्र चापागाई वडा अध्यक्ष लगाएत ब्यक्तित्वले सामुहिक रुपमा प्रदान गरेका थिए ।
बनेपा वडा नम्बर ८ को संयोजनमा फागुन १८ गतेदेखि मेयर कप सुरु भएको थियो । प्रतियोगितामा १४ वटै वडाका टीमहरुले सहभागिता जनाएका थिए ।
फाईनल खेल मेयर वडा अध्यक्ष लगाएत हजारौ दर्शकहरुपनि हेरेका थिए ।