सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • अवैध विदेशी मुद्रासहित ३ जना पक्राउ

अवैध विदेशी मुद्रासहित ३ जना पक्राउ

1075
Shares
अवैध विदेशी मुद्रासहित ३ जना  पक्राउ

काठमाडौं । अवैध विदेशी मुद्रासहित क्यानडाका दुई र एक नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र ७२ वर्षीया नेपाली नागरिक नग्वाङ पाल्मु लामा छन् ।

हृयाण्ड ब्यागमा विभिन्न दरका जम्मा २७ हजार ४२८ अमेरिकी डलर, १ हजार ४८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका ११० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ फेला परेपछि पक्राउ गरिएको विमानस्थल स्रोतले बतायो ।

इण्डिगो एयरलाइन्सको उडानबाट काठमाडौं, दिल्ली हुँदै क्यानडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा अवैध मुद्रासहित पक्राउ गरिएको हो ।

1075
Shares

ट्रेन्डिङ