सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विप्लवका बडीगार्ड नै ‘बदमास

विप्लवका बडीगार्ड नै ‘बदमास

4045
Shares
विप्लवका बडीगार्ड नै ‘बदमास

काठमाडौं । सशस्त्र गतिविधिमा लाग्दा लाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफै औंल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक नै भए पनि अलि बढी नै आन्दोलनलाई क्षति पुर्‍याउने खालका समस्याहरु देखापरेको उसले महसुस गरेको हो ।

पार्टीमाथि प्रतिबन्धपछि आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखापरेको उसको ठहर छ । कार्यकर्तादेखि आरबिएम (राज्य व्युरो सदस्य), सिसिएम (केन्द्रीय सदस्य) र पिबिएम (पोलिट्व्युरो) सम्ममा यी प्रवृत्ति देखिएको उसैले स्वीकार गरेको छ ।

राजनीतिक दस्तावेजमा भनिएको छ, ‘कमरेड सुदर्शन (हेमन्तप्रकाश ओली) लाई गिरफ्तार गराउन उनकै सुरक्षा स्टाफ आशिषले प्रहरी सेल्टरसम्म पुर्‍यायो । उनीसँगै गिरफ्तार भएका रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र कमाण्डर राजीव आत्मसमर्पण गरेर हिरासतबाट निस्किए ।

त्यसपछि एक वर्षदेखि जिम्मेवारीमा नखटेका र पार्टी नीति विपरित बोलेको कारण निलम्बनमा परेका पिबिएम पदम राई सरकारी पार्टीमा छिर्न पुगे । जेलमा परेका बेला पूर्व पिबिएम जीवन्तमा पनि यो समस्या दोहोरियो ।’

 

 

 

– जनआस्था साप्ताहिकबाट

4045
Shares

ट्रेन्डिङ