सबैको समाचार
बुधबार, असार १२, २०८१
  • होमपेज
  • एम्बुलेनस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

एम्बुलेनस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

3490
Shares
एम्बुलेनस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

१५ मंसिर ०७६।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।

विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो। ज्यान गुमाउनेमा सबै एम्बुलेन्समा सवार व्यक्तिहरु रहेका छन्।

दुर्घटनामा मृत्यु हनेहरुमा उदयपुरका त्रियुगा नगरपालिका ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई र एम्बुलेन्स चालक राजेश दनुवार रहेको ट्राफिक प्रहरी कार्यालयका प्रखुम एसपी भीम दाहालले जानकारी दिनुभयो ।

विराटनगरमा उपचार गराएर घर फर्किने क्रममा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले बताएको छ ।

3490
Shares

ट्रेन्डिङ