सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अखिलको महिला शक्ति कहाँबाट उम्मेदवारी दिदैछन्

अखिलको महिला शक्ति कहाँबाट उम्मेदवारी दिदैछन्

4625
Shares
अखिलको महिला शक्ति कहाँबाट उम्मेदवारी दिदैछन्

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले यही फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिएको देखिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तरगतका ६१ वटा आंगिक र तीन सय भन्दा बढी सम्वन्धनप्राप्त कलेजहरुमा यही फागुन १८ गते एकै पटक निर्वाचन गर्ने तयारी भैरहेका बेला अनेरास्ववियुले करिब तीन दर्जन क्याम्पसहरुमा सभापतिको उम्मेदवारमा महिलालाई अघि बढाउने भएको छ ।
‘अहिलेसम्म हामीले करिब १८ वटा क्याम्पसमा महिला उम्मेदवारको घोषणा गरिसकेका छौँ,’ अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले पहिलो न्युज डटकमसँग भने, ‘यो संख्या अझै वृद्धि हुन्छ ।’ उनले देशभरीबाट कम्तिमा तीन दर्जन क्याम्पसमा सभापतिको उम्मेदवारमा महिलालाई अघि सार्ने तयारी भएको जानकारी दिए ।
‘अनेरास्ववियुले समावेशितालाई प्राथमिकता दिन्छ भन्ने सन्देश दिनका लागि पनि हामीले यस्तो तयारी गरेका छौँ,’ शर्माले भने, ‘अहिले हाम्रो संगठनको अध्यक्ष महिला हुनुहुन्छ । त्यसकारण पनि महिलाले बढी प्राथमिकता पाएका छन् । अधिकांश ठाउँमा त हामीले त्यहाँको ‘ग्राउण्ड’लाई हेरेर महिला उम्मेदवार बनाएका छौँ ।’
उनले केही पहाडका क्याम्पसमा मधेसी र मधेसका क्याम्पसमा पहाडी समूदायका व्यक्तिलाई उम्मेदवार बनाएको जानकारी दिए । ‘हामीले यो पटकको निर्वाचनमा हिमाल, पहाड, तराई सबै नेपाल भन्ने सन्देश दिने प्रयास गरेका छौँ,’ उनले भने, ‘समावेशितालाई पनि त्यत्तिकै ध्यान दिएका छौँ ।
महिलामा पनि तामाङ, चौधरी जस्ता महिलाहरुलाई अघि सारेका छौँ ।’ उनले यो पटकको निर्वाचनमा अनेरास्ववियुले देशभरीबाट बहुमत क्याम्पसमा सभापतिसहित जित्ने दाबी पनि गरे ।
कुन–कुन क्याम्पसमा महिला सभापति उम्मेदवार ?
अनेरास्ववियुले राजधानी मात्र होइन राजधानी बाहिरका क्याम्पसहरुमा समेत सभापतिमा महिला उम्मेदवारलाई अघि सारेको छ । अनेरास्ववियुले उपत्यकाका केही महत्वपूर्ण क्याम्पसहरुमा समेत सभापतिमा महिला उम्मेदवार चयन गरेको छ । उपत्यका बाहिरका पृथ्वीनारायण लगायतका क्याम्पसमा पनि सभापतिका लागि महिला उम्मेदवार छानेको अनेरास्ववियुले जानकारी दिएको छ ।
कुनै समय अहिलेकी अध्यक्ष नविना लामा पनि स्ववियु सभापति थिइन् । बानेश्वर क्याम्पसबाट सभापति बनेकी लामा अहिले अध्यक्ष छिन् ।आगामी दिनमा पनि अनेरास्ववियुको नेतृत्वमा पुग्न महिलाहरुलाई सजिलो होस भन्नका लागि सभापतिमा महिलालाई प्राथमिकता दिएको अनेरास्ववियुको भनाइ छ ।
अनेरास्ववियुले दिएको जानकारी अनुसार सरिता पुरीले उपत्यका बाहिरको चर्चित क्याम्पस पृथ्वीनारायण क्याम्पस, पोखरामा सभापतिको उम्मेदवार बन्ने अवसर पाएकी छिन् । दुई पटक अनेरास्ववियुको सचिवालय सदस्य बनेकी पुरी अहिले पनि गण्डकी अञ्चल इञ्चार्ज हुन् । त्यसैगरी संगिता रेग्मीले पद्मकन्या क्याम्पस बागबजारबाट समापतिको उम्मेदवार पाएकी छिन् ।
यद्यपि पद्मकन्या क्याम्पसमा महिला मात्र अध्ययनरत भएकाले यस अघि पनि त्यहाँ महिला नै उम्मेदवार बन्ने गरेका छन् । त्रिभूवन आदर्श क्याम्पस स्याङेजाबाट रिता ढकालले सभापतिको उम्मेदवार बन्ने अवसर पाएकी छिन् । उनी पनि अनेरास्ववियुकी केन्द्रीय सदस्य हुन् । सविना वर्तौलाले मायादेवी क्याम्पस चितवनबाट सभापतिको टिकट पाएकी छिन् । उनी पनि केन्द्रीय सदस्य नै हुन् । यस अघि हाल अनेरास्ववियुको अनुसाशन आयोग प्रमुख निशा अधिकारीले सभापति जितेकी थिइन् ।
त्यसैगरी सिद्धार्थ सामूदायिक बहुमुखी क्याम्पसबाट प्रतिष्ठा कार्की, कैलासकुट बहुमुखी क्याम्पस चावहिलबाट मञ्जु श्रेष्ठ, दैलेख बहुमुखी क्याम्पसबाट रेखा थापा, आयुर्वेद क्याम्पस कीर्तिपुरबाट शान्ति तिमल्सेना, जनता बहुमुखी क्याम्पस कञ्चनपुरबाट पुष्पा ढकालले समापतिको टिकट प्राप्त गरेका छन् ।
शारदा हमालले रामपुर बहुमुखी क्याम्पस कञ्चनपुरबाट, जानकी भट्टले कञ्चनपुर बहुमुखी क्याम्पस कञ्चनपुरबाट र सुशीला चौधरीले कञ्चनपुर क्याम्पस, कञ्चनपुरबाट टिकट पाएका छन् ।
त्यसैगरी अप्सरा गिरीले जुगल बहुमुखी क्याम्पस सिन्धुपाल्चोकबाट, सुनिता तामाङले कानपुर क्याम्पस काभ्रेबाट र सरस्वती न्यौपानेले मिर्मी क्याम्पसबाट टिकट पाएका छन् । नविना राईले कन्काई क्याम्पस झापाबाट  समापतिको, मैनापाेखर सारदा बहुमुखी क्याम्पस बर्दिया मा रापस मनिषा सुनारटिकट पाएकी छिन् ।  स्रोतः अखिल समाचार

4625
Shares

ट्रेन्डिङ