सबैको समाचार
सोमवार, असार ३, २०८१
  • होमपेज
  • पोखरामा माटोको ढिस्कोमा पुरिएर तीनजनाको मृत्यु

पोखरामा माटोको ढिस्कोमा पुरिएर तीनजनाको मृत्यु

4465
Shares
पोखरामा  माटोको ढिस्कोमा पुरिएर तीनजनाको मृत्यु

१५ मंसिर ०७६, कास्की । कास्कीको पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।

सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिनुभयो । अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् । पुरिएकालाई बाहिर निकाल्ने कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तैगरी अहिले प्रहरी घटनास्थलतर्फ जाँदै गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

4465
Shares

ट्रेन्डिङ