सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पाँचखालमा ५० हाते ट्रयाक्टर बितरण

पाँचखालमा ५० हाते ट्रयाक्टर बितरण

6145
Shares
पाँचखालमा ५० हाते ट्रयाक्टर बितरण
  • भक्त बहादुर दाहाल 

काभ्रे  ,मंसिर, १८ ,     विगत बर्षदेखि कृषिलाई आधुनिकीकरण गर्ने उदेश्यले पाँचखाल नगरले शुरु गरेको हाते ट्रयाक्टर वितरणलाई निरन्तरता दिएको छ । यो बर्ष पाँचखाल नगरपालिका वडा नं ६ का ५० कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको हो । कृषि नगर पाँचखाल नगर भन्ने नाराका साथ पाँचखाल नपाले यान्त्रीय तरिकाबाट खेती गराउने उद्देश्यका साथ कृषकहरुलाई हाते ट्रयाक्टर वितरण गरेको पाँचखाल नगरका प्रमुख महेश खरेलले जानकारी दिए । पाँचखाल नगरपालिका वडा नं ६ का कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५० वटा ट्रयाक्टर वितरण गरेको छ । कृषकहरुले अनुदानमा पाएका उक्त ट्रयाक्टर २० हजार ५ सयमा कृषकले पाएका छन् । जसको कारण कृषकले समयमा सहज ढंगबाट खेती गर्ने अवसर मिलेको पाँचखाल नगरले जनाएको छ ।


ट्रयाक्टर वितरण कार्यक्रमका पाँचखाल नगरका प्रमुख महेश खरेलले पाँचखालमा रहेका कृषकहरुको भावनालाई मध्यनजर राख्दै कृषिलाई आधुनिकिकरण गर्न हाते ट्रयाक्टर वितरण गरेको बताए । कृषि कर्मको लागि सवैभन्दा महत्वपुर्ण विषय माटो भएकोले पाँचखालमा माटो परिक्षण र माटो सुधारको लागि १ लाख किलो चुन वितरण शुरु गरेको र त्यसले अपुग भए १३ लाख किलो चुनको व्यवस्था गर्न नगरपालिका लागेको बताए । नगर प्रमुख खरेलले पाँचखाल कृषि नगरी मात्र नभएर पाँचखाललाई औद्योेगिक कृषि नगरीमा परिचित गराउन नगरपालिका निरन्तर रुपमा अगाडी बढेको बताए । कार्यक्रममा पाँचखाल नगरका प्रमुख प्रशासकिय अधिकृत लोकवहादुर भण्डारी, पाँचखाल नगर वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, पाँचखाल कृषि शाखा प्रमुख ईश्वर अधिकारी प्राबिधिक राजेन्द्र तिमल्सिना लगायतले कृषि क्षेत्रको बारेमा मन्तब्य राखेका थिए ।

 

6145
Shares

ट्रेन्डिङ