सबैको समाचार
बिहिबार, असार १९, २०८२
  • होमपेज
  • पाँचखालमा बारुण नियन्त्रण तालिम

पाँचखालमा बारुण नियन्त्रण तालिम

5305
Shares
पाँचखालमा बारुण नियन्त्रण तालिम

काभ्रे  ,मंसिर, १८ ,  पाँचखालमा बारुण निणन्त्रणबारे तालिम तथा आगलागी हुँदा कसरी तयारी अवस्थामा रहने भन्ने विषयमा तालिम दिइएको छ । पाँचखाल नगरपालिका, रोटरी क्लब दरबारमार्ग, काठमाडौँ र डेभोन तथा सोमरसेट बारुण निणन्त्रण यूकेको सयुक्त आयोजनामा पाँचखाल नगरपालिका र सशत्र प्रहरी बललाई बारुण नियन्त्रण तथा वारुण नियन्त्रणको विभिन्न चरणबारे तालिम दिईएको थियो ।


तालिम लिनेमा नगरप्रमुख महेश खरेल आफै हुनुहुन्थ्यो । तालिममा प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारी, ससस्त्र प्रहरी बल पाँचखालका प्रमुख एस्पी परशुराम थापा, वडा अध्यक्षहरु संजय तामाङ, सुन्दर अधिकारी, सुन्दर तामाङ आफै बारुण नियन्त्रणमा प्रयोग हुने ड्रेस लगाएर तालिममा सहभागि हुनुभएको थियो । मंसिर १७ र १८ गते दुई दिन दिईएको तालिम पश्चात बारुण निणन्त्रणमा प्रयोग हुने सामाग्रीहरु जेनेरेटर, पाईप, पानी जम्मा गर्न मिल्ने रबर, त्रिपाल लगायतका सामाग्रीहरु हस्तान्तरण भएको थियो ।

5305
Shares

ट्रेन्डिङ