सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • मोजा विना जुत्ता लगाउने व्यक्तिलाई यस्ता रोगको खतरा

मोजा विना जुत्ता लगाउने व्यक्तिलाई यस्ता रोगको खतरा

9545
Shares
मोजा विना जुत्ता लगाउने व्यक्तिलाई यस्ता रोगको खतरा

फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ ।

वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्छ । दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पसिना निस्कन्छ र मोजाले त्यो पसिना सोस्छ । तर मोजा लगाउनुभएन भने जुत्ताभित्र आर्द्रता आउँछ र त्यसमा धूलो टाँसिन आउँदा ब्याक्टेरिया जन्मिन्छ । यसले एथलिट फूट जस्तो समस्या निम्त्याउँछ ।

छालाको जुत्ता लगाउँदा हावा छिर्न पाउँदैन र धूलो, पसिना अनि फोहर जम्मा हुन्छ जसले गर्दा गोडालाई नोक्सानी पुग्छ । मोजा नलगाउँदा घाउ पनि हुन्छ जसले गर्दा हिँडडुल गर्न समस्या हुन्छ ।

’ 

 

-एजेन्सी

9545
Shares

ट्रेन्डिङ