सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१

भोलि सार्वजनिक विदा !

5460
Shares
भोलि सार्वजनिक विदा !

काठमाडौं , मंसिर , २५ ,    सरकारले भोलि सार्वजनिक विदा दिइएको छ । उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि मनाइदैँछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवा समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन ।

पहाडी क्षेत्र र अन्य स्थलमा बसोवास गर्ने पहाडी समुदायले कुल पुजा र गोठ पुजा गरी धान्यपूर्णिमा मनाउछन । यसैगरि नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसंगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन ।

योमरी पून्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्पर छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादको रुपमा खाने– खुवाउने चलन छ ।

नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतिकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु रुपमा समेत मनाउने गरिन्छ । त्यसका लागि सरकारले सार्वजनिक विदासमेत दिइएको छ ।

5460
Shares

ट्रेन्डिङ