सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • काभ्रे प्रहरिमा नयाँ नेतृत्व , जनताको सेवक भएर काम गर्ने प्रमुख पौडेलको दाबी

काभ्रे प्रहरिमा नयाँ नेतृत्व , जनताको सेवक भएर काम गर्ने प्रमुख पौडेलको दाबी

6475
Shares
काभ्रे प्रहरिमा नयाँ नेतृत्व , जनताको सेवक भएर काम गर्ने प्रमुख पौडेलको दाबी
  • पुजन धिताल

काभ्रे , मंसिर , ३०   , आइतबार जिल्लाका पत्रकारहरुसँग परिचय कार्यक्रमको आयोजना गर्दै एसपी पौडेलले शान्ति सुरक्षालाई चुस्त बनाउन योजनाबद्ध रुपमा अगाडि बढ्ने बताएका छन् । पौडेलले आधा दर्जन भन्दा बढी सुरक्षा योजनाहरुको जानकारी दिएका छन् ।

एसपी पौडेलले आफुले कुनै एजेन्डा बनाएर काम नगर्ने तर, आएका अपराधिक गतिविधिलाई पन्छाउने कार्य भने कुनै पनि तवरबाट नगर्ने प्रतिबद्धता गरेका छन । एसपी पौडेलका अनुसार आफु जनताको सेवक भएर काम गर्ने कुनै पनि जनतालाई पहुचको आधारमा कानुनबाट बञ्चित हुनुपर्ने अवस्था आफुले नबनाउने कुरामा प्रकास पार्नुभयो ।काभ्रे प्रहरी प्रमुख जयराज सापकोटाको काजमा सरुवा भएसँगै काभ्रे प्रहरीले नयाँ प्रहरी प्रमुख पाएको छ ।

एसपी पौडेलले आफ्नो कार्यकालमा लागुऔषध रोकथामका लागि कार्यक्रम संचालन गर्ने, सडक दुर्घटना रोकथामका कार्यक्रमहरु संचालन गर्ने, गुण्डागर्दि हताउने, फरार रहेको अभियुक्तलाई समातेर अदालतसम्म लैजाने प्रतिवद्धता गरेका हुन ।

२४ वर्षदेखि प्रहरी सेवामा रहेका पौडेल यस अघि प्रदेश १ को ट्राफिक प्रहरी इन्चार्जको रुपमा कार्यरत थिए ।

6475
Shares

ट्रेन्डिङ