सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएको लाईसेन्स खारेज

ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएको लाईसेन्स खारेज

5810
Shares
ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएको  लाईसेन्स खारेज

काठ्माठौ , पुष , १२ ,   ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने भएको छ । नेपाल आयल निगमले ९० दिनको सूचना प्रकाशन गरी अनुमति खारेज गर्न लागेको हो । नर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र प्रोडक्ट डेलिभरी अडर (पीडीओ) लिन नआए अनुमति खारेज हुने निगमले जनाएको छ ।

एलपी ग्यास उद्योग निर्माणको अनुमति लिएका व्यवसायीले उद्योग सञ्चालनमा भने अनिच्छा देखाएका छन् । पाँच वर्षअघि ग्यास उद्योग निर्माणका लागि नेपाल आयल निगमबाट अनुमति लिएका व्यवसायीहरूले निर्माण सम्पन्न गरी पीडीओ लिन आएका छैनन । पीडीओ लिन नआएपछि निगमले ९० दिनको सूचना जारी गरेको हो ।

निर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र लिन नआए अनुमति खारेज गरिने निगमले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

5810
Shares

ट्रेन्डिङ