सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित काठमाडौंका होर्डिङ बोर्ड हटाउन सुरु

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित काठमाडौंका होर्डिङ बोर्ड हटाउन सुरु

4125
Shares
नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित काठमाडौंका  होर्डिङ बोर्ड हटाउन सुरु

काठमाडौं ,  पुष , १२ ,   काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ। महानगरले शुक्रबारदेखि नगर प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो।  शुक्रबार माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएको महानगर प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए।

भित्तेलेखनलगायत सहरी दृश्यमा प्रदूषण हुने गरी प्रचार सामग्री हटाउने कामलाई महानगरले तीव्रताको साथ काम गरिरहेको उनले बताए। कम्तीमा तीन वटा टोली बनाएर महानगरभरी नै परिचालन गर्ने भएको छ।

‘नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर हामीले सहर सुन्दर बनाउने अभियानलाई तीव्रता दिन यो अभियान चलाएका हौँ,’ सापकोटाले भने, ‘काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर हो। यसको मौलिकता बचाउनु महानगरको जिम्मेवारी हो। हामी बिगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै आएका थियौं, अहिले नियमन कार्यलाई तीव्र बनाएका हौं।’

एकै दिनमा ५८ हजार जरिवाना संकलन  भोटाहिटी नजिक कालोपत्रे सडकमा माटो खसालेको भन्दै महानगरपालिकाले जेटिसीलाई २५ हजार रुपैयाँ जरिवाना गराएको छ। त्यसैगरी जथाभावी होर्डङ बोर्ड र पर्चापम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चाबहिललाई १० हजार र काठमाडौं जब इम्प्लोइमेण्टलाई पाँच हजार रुपैयाँ जरिवाना तिराएको पनि सापकोटाले जानकारी दिए।

सेन्ट जेभियर्स र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि महानगरपालिकाले क्रमशः पाँच–पाँच हजार जरिवाना तिराएको छ। विभिन्न व्यक्ति र संस्थालाई मात्रै महानगरपालिकाले ५८ हजार रुपैयाँ जरिवाना तिराएको सापकोटाले बताए।

महानगर प्रहरीले  पूर्व क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ भने एक जनालाई कारवाही गरेको छ। त्यसै गरी, पश्चिम क्षेत्रबाट पनि दुईजनालाई पक्राउ गरी एकजनालाई कारवाही गरेको छ। मध्य क्षेत्रबाट पाँच जनालाई पक्राउ गरी पाँचै जनालाई कारवाही गरेको पनि सापकोटाे जानकारी दिए।

4125
Shares

ट्रेन्डिङ