सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३
  • होमपेज
  • काभ्रेमा एकैदिन थपिए २८२ जना संक्रमित, १६६ जना निको भए

काभ्रेमा एकैदिन थपिए २८२ जना संक्रमित, १६६ जना निको भए

6455
Shares
काभ्रेमा एकैदिन थपिए २८२ जना संक्रमित, १६६ जना निको भए

काभ्रेमा एकैदिन २८२ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या कोरोना भाईरसको दोस्रो लहर फैलिए यताकै धेरै हो । यसअघि दुईसय भन्दा कम संक्रमित हुने गरेका थिए ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका आज एकैदिन १६६ जना कोरोना मुक्त भएका छन् । आज धुलिखेल नगरपालिकाका एक ६६ बर्षीय महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी पनौती नगरपालिकाका ४६ जना पुरुष र ४२ जना महिला छन् । त्यसैगरि बनेपा नगरपालिकाका ३३ जना महिला र ३१ जना पुरुष, धुलिखेल नगरपालिकाका महिला र पुरुष २४/२४ जना  संक्रमण भएका छन् ।

मण्डनदेउपुर नगरपालिकाका २० जना पुरुष र १५ जना महिला, नमोबुद्ध नगरपालिकाका १० जना पुरुष र  ५ जना महिला,  खानीखोला गाउँपालिकाका ११ जना पुरुष र २ जना महिला, भुम्लु गाउँपालिकाका ११ जना पुरुष र १ जना महिला, पाँचखाल नगरपालिकाका ३ जना पुरुष र चौरीदेराली गाउँपालिकाका महिला र पुरुष २/२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ५३ पुगेको छ । जसमा अस्पतालको आईसोलेसनमा १ सय १ जना र होम आईसोलेसनमा १९ सय ५२ जना रहेको छन् ।

6455
Shares

ट्रेन्डिङ