सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अबिरल बर्षासँगै आएको पहिरोले नमोबुद्ध नगरपालिकाको विभिन्न ठाउँमा क्षति

अबिरल बर्षासँगै आएको पहिरोले नमोबुद्ध नगरपालिकाको विभिन्न ठाउँमा क्षति

5195
Shares
अबिरल बर्षासँगै आएको पहिरोले नमोबुद्ध नगरपालिकाको विभिन्न ठाउँमा क्षति

धुलिखेल, ९ भदौँः अरिबल बर्षासँगै आएको पहिराले नमोबुद्ध नगरपालिकाको वडा नम्बर २ मा ठूलो क्षति पुर्याएको छ । वडाध्यक्ष सञ्जिव ढकालका अनुसार पहिराले स्थानीय टेकबहादुर तामाङ, चन्द्रमाया तामाङ र टिकाबहादुर कटुवालको घर पूर्णरूपमा ध्वस्त पारेको छ ।

त्यस्तै पहिरोले चेतराम परियार, विनोद परियार, सन्तोष परियार, केदार परियार, पुष्पबहादुर परियार लगायत वडा भित्रका १७ घरमा आंशिक क्षति पुर्याएको छ ।

वडाध्यक्ष ढकालका अनुसार पहिरोका कारण वडाका ५ वटा भित्र सडकमा सवारी आवागमन अवरुद्ध भएको छ । पहिरोले पुर्याएको क्षतिको वितवरण आइनसकेको वडाध्यक्ष ढकालले बताउनुभयो ।

5195
Shares

ट्रेन्डिङ