बनेपा / नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेबि संघ काभ्रेले आजबाट बनेपा र आसपासमा ठाउहरुमा निःशुल्क खाना वितरण कार्यक्रम गरिरहेको छ । बनेपाको चादनिचोकबाट आज २७ गतेबाट यस कार्यको सुरुवात गरिएको थियो र यो कार्येलाई लकडाउन नखुल्दासम्मको लागि गरिने नेपाल विद्यार्थी संघ काभ्रे जिल्ला अध्यक्ष निर्पेश बादेले जानकारी दियका छन् ।
आजमात्रै लगभग २१० जनालाई खाना खुवाईएको थियो । बाटोमा हिड्ने वटुवा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरुलाई यो लकडाउनमा एक छाक खाना खानका लागि समस्या नहोस भन्नका लागि यो कार्य गरिएको नेबि संघले जनायको छ । नेबिसंघको यो कार्येमा जो कोहिले पनि आफुले सकेको सहयोग गर्न सक्ने बताइएको छ ।