सबैको समाचार
आइतवार, अशोज १८, २०८३

सांसद दुलारी देवीको निधन

4180
Shares
सांसद दुलारी देवीको निधन

सर्लाहीबाट नेकपा(एमाले)का तर्फबाट समानुपातिक सांसद दुलारी देवीको बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा आज निधन भएको छ ।
यही चैत ३ गते भारतको सीतामढीमा गाडी दुर्घटनामा पर्नुभएकी सांसद देवीलाई भोलिपल्ट सो अस्पतालमा ल्याई उपचारमा राखिएको थियो । मोटरसाइकलमा रहनुभएका उहाँलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट
लागेको एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो ।
सर्लाही ब्रह्मपुरी–८ का ४८ वर्षीया देवी हाल कामपा–३४ शान्तिनगरमा बस्दै आउनुभएको थियो । उहाँका पति, दुई छोरा र दुई छोरी छन् । रासस

4180
Shares

ट्रेन्डिङ