सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अनलाइनमार्फत १ हप्ताभित्रै ट्रान्सक्रिप्ट

अनलाइनमार्फत १ हप्ताभित्रै ट्रान्सक्रिप्ट

3105
Shares
अनलाइनमार्फत १ हप्ताभित्रै ट्रान्सक्रिप्ट

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले अब ट्रान्सक्रिप्टका लागि बारम्बार विश्वविद्यालय धाउन पर्ने बाध्यताको अत्य भएको छ । विश्वविद्यालयले अब विद्यार्थीहरुको लागि अनलाइनबाट नै फाराम भर्ने व्यवस्था मिलाउने भएको छ ।
काठमाडौं बाहिरबाट पढ्न आउने विद्यार्थीहरुको लागि यो खुसीको खबर हो ।
उनीहरु यस अघि ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउन पथ्यो । तर अब यो झन्झटबाट मुक्त हुने भएका छन् ।
समय अनुसार विश्वविद्यालयलाई अब अगाडि बढाउने क्रममा अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोलाले बताए ।
बास्तोलाका अनुसार विद्यार्थीहरुको तथ्याङ्कहरु अहिले पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा सार्ने काम भइरहेको छ । अनलाइनबाट फाराम भर्ने भएपछि विद्यार्थीले एकै पटक केन्द्रीय कार्यालयमा आई ट्रान्सक्रिप्ट लिन पाउनेछन् । र यो तथ्याङ्क हामी एक महिनाभित्रमा सक्नेछौं उनले थपे । यो काम शुरु भएपटि विद्यार्थीहरुले अनलाइनमार्फत भरेको फारामबाट १ हप्ताभित्रै केन्द्रीय कार्यालयबाट ट्रान्सक्रिप्ट पाउनेछन् । रासस

3105
Shares

ट्रेन्डिङ