सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

4845
Shares
जर्मनीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

वैशाख, ११,  काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट जर्मनीमा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । बिहीबार दिइएको जानकारीअनुसार जर्मनीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच हजार ९४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई सय १५ जनाको मृत्यु भएको थियो ।

सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जर्मनीमा अहिलेसम्म संक्रमित हुने मानिसको संख्या एक लाख ४८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र जर्मनीमा दुई हजार तीन सय ५२ जना मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीका मानिसहरुलाई सावधान तथा होसियार रहन आग्रह गरेकी छन् । उनले मानिसहरुलाई कोरोना भाइरसको आगामी चणको सामना गर्न तयार रहनुपर्ने बताएकी हुन् । उनले कोरोना भाइरसको महामारी अझै लामो समयसम्म रहन सक्ने उनको भनाइ छ ।

मर्केलले अहिले लगाइएको प्रतिबन्ध लोकतन्त्रका लागि चुनौती रहेको पनि बताएकी छन् । यसले मानिसको अधिकार सीमित गरेको भए पनि प्रेस स्वतन्त्रतालगायतका कुरा सहन पनि सहज भएको बताएकी छन् ।

उनले जर्मनीका मानिसहरुले एकअर्काप्रति देखाएको सद्भावको प्रशंसा गरिन् ।

स्रोत : बीबीसी

4845
Shares

ट्रेन्डिङ