सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ‘लकडाउन’ जेठ ५ गते सम्म लम्बियो

‘लकडाउन’ जेठ ५ गते सम्म लम्बियो

4810
Shares
‘लकडाउन’ जेठ ५ गते सम्म लम्बियो

काठमाण्डौ / सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिंदै थियो ।

मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाको जोखिमका आधारमा सबै जिल्लालाई रातो, तीन क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव पेश भएको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले स्वरुप परिवर्तन नगरी लकडाउन लम्बाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्रीकै जोडमा लकडाउनको अवधि थपिएको हो ।

4810
Shares

ट्रेन्डिङ